बर्दिया । भारतबाट भन्सार छलेर ल्याएको ३७ खसीबोका बोकेको जिपसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार गुलरिया—६ स्थित जाँच गर्नेक्रममा जिपमा ल्याएका खसी, बोकासहित सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका—३ का २६ वर्षीय राजकुमार बानियाँलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले करिब ६ लाख १७ हजार मूल्यको खसी, बोकासहित बानियाँलाई कारबाहीका लागि भन्सार कार्यालय पठाइएको बताउनुभयो ।


