पहिलो मैत्रीपूर्ण फुटबलमा नेपालद्धारा मरिसस पराजित

कर्णालीदृष्टी संवाददाता १६ माघ २०७८, आईतवार ०७:२०

काठमाण्डौ । पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफ्रिकी देश मरिससलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको हो ।

नेपालको जितमा खेलको ५४औँ मिनेटमा विमल घर्तीमगरले गोल गरे ।  पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन । मरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए ।

दोस्रो मैत्रीपूर्ण खेल आउँदो मंगलवार हुनेछ ।

Next Post

आज सहिद दिवस : सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै

१६ माघ २०७८, आईतवार ०७:२०
आज माघ १६ गते, सहिद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सहिदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा […]

सम्बन्धित समाचार