त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

कर्णालीदृष्टी संवाददाता २० माघ २०७८, बिहीबार ०७:०७

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएकाे छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले  बुधवार सूचना निकालेर कारोना सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो । कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ ।

यसअघि त्रिविले काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण जोखिमका कारण परीक्षा स्थगित गरेको थियो ।

Next Post

आज र भोलि वर्षा र हिमपातको सम्भावना

२० माघ २०७८, बिहीबार ०७:०७
काठमाण्डाै – आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । केहीबेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न थाल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार आज अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ । काठमाण्डौमा […]