कर्मचारीमा कोरोना पुष्टी भएपछि नियमीत सेवा बन्द

कर्णालीदृष्टी संवाददाता २१ माघ २०७८, शुक्रबार ०८:५८

दैलेख । कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टी भएपछि नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता समुह दैलेखको कार्यालयबाट प्रवाह गरिने सबै खाले नियमित सेवाहरु बन्द गरिएको छ ।

कार्यालयमा कार्यरत ३ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि सेवा ग्राहिहरुको स्वास्थ्य सुरक्षा र संबेदनशिलतालाई मध्यनजर गर्दै कार्यालयबाट प्रबाह गरिने नियमीत सेवाहरु ५ दिनका लागी बन्द गरिएको कार्यालय प्रमुख अमृतकुमार न्यानैपानेले जानकारी दिनुभयो ।

उहाका अनुासार कोरोना संक्रमण पुष्टी भएका कर्मचारीहरु हाल उपचाररत छन । कार्यालयले एक सुचना जारी गर्दै यही माघ १८ गतेदेखी २२ गतेसम्म ५ दिनका लागी कार्यालयबाट प्रवाहा हुने (दैनिक पानी सन्चालन र सामान्य मर्मत बाहेक ) अरु सबै खाले नियमित सेवाहरु बन्द गरिएको जनाएको छ ।

Next Post

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

२१ माघ २०७८, शुक्रबार ०८:५८
सुर्खेत । सुर्खेतको धुलियाबीटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर –११ का स्थानीय २२ वर्षका भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको हो । घरमा जोडेको बिजुलीको तार बाँसमा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार तार अग्लो बनाउन प्रयोग […]