सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

कर्णालीदृष्टी संवाददाता २१ माघ २०७८, शुक्रबार ०९:०४

सुर्खेत । सुर्खेतको धुलियाबीटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर –११ का स्थानीय २२ वर्षका भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा जोडेको बिजुलीको तार बाँसमा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार तार अग्लो बनाउन प्रयोग गरिएको बाँस खाडलमा राख्नेबेला फुत्किएर बिजुलीको नांगो तारमा खसेपछि बुढालाई करेन्ट लागेको हो ।

त्यही घटनामा परी स्थानीय २० वर्षका दुर्गा रोकाया घाइते भएका छन । उनको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

निरन्तरको बर्षा र हिमपातले दैलेखको जनजिवन प्रभावीत

२१ माघ २०७८, शुक्रबार ०९:०४
दैलेख । बिहीबारदेखी सूरु भएको निरन्तर बर्षा र हिमपातले दैलेखको जनजिवन प्रभावित भएको छ । बर्षासंगै जिल्लाका बिभीन्न उच्च भुभागहरुमा हिमपात समेत भएको छ । यसअघि प्रायजसोे जिल्लाका उच्च भू–भागमा मात्रै हिमपात हुनेगरेको भएपनि बिहीबार रातीदेखि भने जिल्लाका ११ वटै स्थानीय तहका उच्च भुभागहरुमा हिमपात भएको हो । २ दिनसम्म […]

सम्बन्धित समाचार