एसईई वैशाख ९ गतेदेखि हुने

कर्णालीदृष्टी संवाददाता २६ माघ २०७८, बुधबार १७:४४

काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । आज बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।

स्थानीय तहकाे चुनावलाई समेत ध्यान दिएर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको अध्यक्ष शर्माले बताउनुभयो ।

Next Post

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२६ माघ २०७८, बुधबार १७:४४
काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा स्थानीय तहको चुनाव केन्द्रित छलफल गर्ने र केही निर्णय गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । स्थानीय तह चुनावमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर […]