लघुकथा-भट्टि पसल:कौशिला अधिकारी

कौशिला अधिकारी २६ पुष २०७७, आईतवार २०:५०

मेरो घर नजिकै एउटा भट्टि पसल छ । भट्टि पसलमा रुपलाल र उसकी श्रीमती साइना दुई जना मिलेर भट्टि पसल खोलेका छन। उसको एउटा छोरा पनि छ। छोरालाई बोडिङ स्कुललमा हालेको छ । रुपलाल ठेक्का बट्टाको काम गर्छ । बहिन रुपलाल उठेर चिया नखाँई म उतै खान्छु भनी ठेक्का बट्टाको काममा हिन्छ । यता साइना बिहान सबेरै उठेर भट्टि पसल खोल्छे । भट्टिमा आएर ए साइना चिसो चिया छ भनी ग्रहाकले सोध्छ अनि साहुनिले भन्छे हिजो साँझ धोकेको जाँडको पैसा दिनु छैन । काँ एका बिहानै चिसो चिया हुनु र हिजो को हिजो नै सक्कियो अहिले तातो चिया खाएर जाँउ बरु झम्के साँझमा अएर लिएर घरमै खाँउ । यसरि भनी सम्झाउँछे ग्राहकले भन्यो म कर्मचारी हुँ मेरो तलब आउना साथ चेक काटेर तिमिलाई दिन्छु भनी मरिहत्ते गर्छ । साइना भन्छे अहिले उठेर खुरुक्क घर जाँउ मलाई खाना पकाउन हतार छ भन्छे ।त्यो जुरुक्क उठेर भन्छ तेरो तातो चिया तै खाँ भनेर हिन्छ ।

अनि छोरालाई खाना पकाई स्कुल लाने खाजा तयार बनाइ स्कुल पुर्याउछे। स्कुलबाट घर फर्कन्छे । दिन भर खाजा बनाई बेच्छे बेच्दा बेँच्दै झमक्क रात पर्छ ।रुपलाल पनि कामबाट भट्टि फर्कन्छ ।त्यो भट्टि पसलमा जाँड,रँक्सि र मादक पदार्थ सेबन गर्नेहरुको निकै जमात बढेको हुन्छ। रुपलाल दिन भरि काम गरेर भोकाएर आएको हुन्छ। भन्छ ए साइना मलाई सारै भोक लाछ खाना खाउन भन्छ ।साइना भन्छे हजुर खानुहोस म पछि खान्छु भन्छे अनि रुपलाल मीठो मानि मज्याले खाना खान्छ र साथमा छ‍रालाई पनि खाना खुवाँछ । म दिन भर थाकेको छु म सुत्छु भनी सुत्न जान्छ । यता भट्टी जाँड धोँकेर जाँडले मात्ति एकाकाहरु ए साइना मेरी प्यारी भन्दै कराउँछन। साइना भन्छे अब खुरुक्क घर जाँउ म भट्टि बन्द गर्छु । अब म तिमीलाई रँक्सि दिन्न जाँउ भन्छे दारुले मात्तिएका के घर जान्छे र त्यहि भट्टिको छेउछाउँमा चिसो रात कटाउछन।

Next Post

दुल्लु नगरपालिकाको राजस्व सुधार सम्बन्धि बृहत् छ्लफल कार्यक्रम सम्पन्न

२६ पुष २०७७, आईतवार २०:५०
दैलेख :दैलेखको दुल्लु नगरपालिकाले राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि बृहत् छ्लफल कार्यक्रम सम्पन्न गरेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव विष्णुप्रसाद गौतमको प्रमुख अध्यक्षता र नगर प्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा सम्पन्न यश कार्यक्रममा नगरपालिकाकि उप प्रमुख तथा राजस्व परामर्श समितिकी अध्यक्ष विष्णु थापा ,कार्यपालिका सदस्यहरु र अन्य […]