दैलेखमा ५५ लाख मुल्य बराबरको गहना सहित दुई जना पक्राउ

कर्णालीदृष्टी संवाददाता ३ फाल्गुन २०७८, मंगलवार १८:१६

दैलेख । दैलेखमा प्रहरीले ५५ लाख बराबरको गरगहना सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको नारायणपुर गाउँपालिका साबिक–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुङ्गाना र कैलाली टीकापुर नगरपालिका–९ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने २६ वर्षीय दीपक पाण्डे रहेका छन ।

सोमबार पक्राउ परेका उनीहरूको साथबाट करीब ५५ लाख ४० हजार १३९ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने गरगहना लगायत विभिन्न सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

उहाका अनुसार सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ च ३२१३ नम्बरको डबल क्याप बोलेरोमा अवैध सामान ल्याइँदै गरेको गोप्य सूचनाका आधारमा हिजो(सोमबार) दिउँसो चेक जाँच गर्दा उक्त गाडीमा ५५ लाख ४० हजार १३९ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने सामान बरामद गरिएको हो ।

उनीहरूले ल्याएको भे १ ज ३२१३ नम्बरको डबल क्याप बोलेरोमा चाँदी जस्तो देखिने विभिन्न सामान २१ हजार ७२५ किलोग्राम अन्दाजी २४ लाख ७६ हजार ६५० मूल्य बराबरको र पोते, पत्थर, गहना राख्न प्रयोग हुने डिब्बा लगायतका अन्दाजी १ लाख ६३ हजार ४८९ मूल्य बराबरको साथै बोलेरो गाडीमा अन्दाजी २९ लाख मूल्य बराबरको चाँदी जस्तो देखिने ५५ लाख ४० हजार १३९ मूल्य बराबरको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामग्री सोमबार नै आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको दैलेखका प्रहरी प्रमुख शाहले बताउनुभयो ।

Next Post

दैलेखमा जिप दुर्घटना, एक जनाको मृत्यु ६ जना घाइते

३ फाल्गुन २०७८, मंगलवार १८:१६
दैलेख । दैलेखको महाबु गाउँपालिका वर्ड नं ४ फागुमा जिप दुर्घटनाम हुदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । मङ्गलबार सदरमुकाम दैलेखबजार देखि महाबु गाउपालिकाको कासिकध तर्फ जाँदै गरेको बागमती प्रदेश ०१०२६ च ५२६६ नम्बरको बोलेरो जिप साझ साढे छ बजेतिर दुर्घटना हुँदा एक जनाको […]