दुर सञ्चार कार्यालयद्धारा निशुल्क झोला, कापी कलम र सिम कार्ड वितरण

कर्णालीदृष्टी संवाददाता २३ पुष २०७८, शुक्रबार १८:३१

दैलेख । दूर सञ्चार कार्यालयले दैलेखका जेहन्द्धार बिद्यार्थीहरुलाई निशुल्क झोला र कापी कलम र सिमकार्ड वितरण गरेको छ ।

दुर सञ्चार कार्यालय दैलेख तथा दुर सञ्चार प्रादेशीक निर्देशनालय सुर्खेतको संयूक्त आयोजनामा आज (शुक्रबार) दैलेखको सरस्वती माध्यामीक बिद्यलाय तर्ताङमा एक कार्यक्रमको आयोजना गरिब तथा जेहन्दार छात्र छात्राहरुलाई गरि २५ थान झोला र ४ सय थान कापी कलम वितरण गरिएको हो ।

कार्यालयको सस्थागत उत्तरदायीत्व कार्यक्रम अन्र्तरगत उक्त सामाग्रीहरु वितरण गरिएको दुर सचार कार्यालय सुर्खेतका प्रमुख सन्तोष शर्माले जानकारी दिनुभयो ।

यस्तै आज नै सोही कार्यक्रम मार्फत उहाका जिल्लाका नागरिकहरुलाई करिव ५ सय बढी NTC को सिमिकार्ड पनि निशुल्क वितरण गरिएको छ ।

सरस्वती माध्यामीक बिद्यालय तर्ताङ र दैलेख बजारको लोकतान्त्रीक चोकमा गरि जिल्लाका सर्वसाधारण नागरिकहरुलाई करिव ५ सय सिमकार्ड निशुल्क वितरण गरिएको बताईएको छ ।

Next Post

एमाले दैलेखको जिल्ला अधिबेशन सूरु

२३ पुष २०७८, शुक्रबार १८:३१
दैलेख । नेकपा एमालेको साताै जिल्ला अधिवेशन अन्तर्गत दैलेख जिल्लाको अधिबेशन पनि सूरु भएको छ । सदरमुकामको कभर्डहलमा आज जिल्ला भरीका एमाले नेता कार्यकर्ताहरुको भव्य उपस्थितीमा अधिबेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।