गुराँस गाउँपालिका अध्यक्षमा टोपबहादुर विसी र उपाध्यक्षमा शिवाकुमारी खड्का विजयी

कर्णालीदृष्टी संवाददाता २ जेष्ठ २०७९, सोमबार ०६:५१

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका टोपबहादुर बिसी र उपाध्यक्षमा एमालेकै शिवाकुमारी खड्का विजयी हुनुभएको हो ।

एमालेका टोपबहादुर बिसी ४ हजार ६ सय ८१ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्धन्द्धी नेपालि कांग्रेसका गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका खेमराज ओलीले ४ हजार ३ सय ६६ मत पाउनुभयो ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेका शिवाकुमारी खड्का ४ हजार ६ सय ९८ मत सहित निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्धन्द्धी निवर्तमान उपाध्यक्ष समेत रहेकी नेपालि कांग्रेसकी दिपाकुमारी बिसीले ४ हजार १ सय १८ मत प्राप्त गर्नुभयो ।

गुराँस गाउँपालिकाको ८ वटा वडाहरु मध्ये ६ वटा एमाले र २ वटा वडामात्रै नेपाली काँग्रेसले जीतेको छ । काँग्रेसबाट वडा नम्बर १ मा धर्मबहादुर रावल र वडा नम्बर २ मा शेरबहादुर रावल वडाध्यक्षमा विजयी भएका छन् ।

नेकपा एमालेबाट वडा नम्बर ३ मा काशिराम शर्मा, ४ मा खड्गबहादुर शाही, ५ मा भुपेन्द्रबहादुर चन्द, ६ मा चन्द्रबहादुर राना, ७ मा नन्दबहादुर बिसी र ८ मा दिपेन्द्र ओली वडाध्यक्षमा विजयी भएका छन् ।

Next Post

दैलेखको डुंगेश्वरमा एमाले विजयी

२ जेष्ठ २०७९, सोमबार ०६:५१
दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी ३ हजार ४ सय ६ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार एवं निवर्तमान अध्यक्ष नगेन्द्र बहादुर मल्ल ३ हजार ३ सय ३६ मत ल्याएर पराजित हुनुभएको छ । उपाध्यक्षमा नेकपा एमालेकै कलावती न्यौपाने ३ हजार […]