कर्णाली सरकारको मुल ढोकामै जनताको आवश्यकता र चुनौती: मन्त्री शाही

कर्णालीदृष्टी संवाददाता ६ फाल्गुन २०७८, शुक्रबार १८:५०

सुर्खेत । कर्णालाी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले कर्णाली सरकारको मुल ढोकामा कर्णालीका जनताको आवश्यकता, आंकाक्षा पिडा र चुनौतीहरु रहेकोले यस्ता सबै समस्याहरुलाई समाधान गरिने बताउनु भएको छ ।

शुक्रबार नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशले आयोजना गरेको दुइ दिने पलानिङ वर्कसप कार्यक्रमको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शाहीले यस्तो बताउनु भएको हो ।

मन्त्री शाहीले विश्वभर महामारीको रुपमा फैलि रहेको कोभिड–१९ को विरुद्धमा लड्नको लागि कर्णाली प्रदेश सरकार निरन्तर लगनशिल भएर लागि रहने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले कोभिड –१९ ले देशभरको स्वास्थ्य क्षेत्र तहसनहस पार्नुका साथै आर्थिक, समाजिक, भौतिक विकास ,उद्योग धन्दा तथा ब्यापार ब्यवसायमा ठुलो असर गरेकाले सबैका समस्याहरुको उचित समाधानका लागि कर्णाली सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

रेडक्रसले योजना तयारी गर्दा कोभिडले थला परेको क्षेत्रलाई विकास साझेदारी सहयोगीको रुपमा प्रभावकारी भुमिका निभाउन पनि सुझाव दिनुभयो ।

उहाँले नेपाल रेडक्रस हरेक विपदमा अग्रह स्थानमा रहने गरेकोले रेडक्रसलाई सहयोग गर्नको लागि कर्णाली सरकार तयार रहेको बताउँदै आयोजक प्रति धन्यवाद समेत दिनु भएको छ ।

Next Post

कइलकुनामा पक्की पुल निर्माणको शिल्यान्यास

६ फाल्गुन २०७८, शुक्रबार १८:५०
दैलेख । दैलेखको दुल्लु नगरपालीका ११ कालभैरव र नारायण नगरपालीका ९ जोड्ने कईलकुनामा पक्कीपुल निर्माणको शिल्यान्यास गरिएको छ । शुक्रबार कर्णाली प्रदेश सभा सदस्य सुशील थापा, दुल्लु नगरपालीकाका नगर प्रमुख घनश्याम भण्डारी, वडा नम्बर ११ का वडाअध्यक्ष खगेन्द्र बहादूर थापा र निर्माणकर्ता डिल बहादूर थापा लगाएतको उपस्थितीमा संयूक्त रुपमा बिधीवत […]