माओवादी पहिलो पार्टी बन्ने अध्यक्ष प्रचण्डको दाबी

आफैँले आफैँलाई सुधार गरेर पार्टी पुनर्निर्माणको अभियानमा जानुपर्ने भनाइ

साभार ३० भाद्र २०७८, बुधबार १५:०३

काठमाडौं  -नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनपछि माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

स्व। नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘देशलाई माया गर्ने पार्टी माओवादी मात्रै रहेको जनताले बुझिसकेको छन्। हामीले यही गठबन्धनलाई जोगाएर जान सके निर्वाचनपछि दुईतिहाइको सरकार बनाउन सकिन्छ।’

आफैँले आफैँलाई सुधार गरेर पार्टी पुनर्निर्माणको अभियानमा जानुपर्ने उनको भनाइ छ।

प्रचण्डले भने, हामीले पछिल्लो ८, १० वर्ष अरूलाई गाली गरेर बिताएका छौँ। अब आफैँलाई सुधार गरेर पार्टी पुनर्निर्माणको अभियानमा लाग्नुपर्छ। आफैँलाई गाली गरौँ, म सच्चिनुपर्छ भन्तेतिर लागियो भने पार्टी बदलिन्छ।’

विगत १५ वर्षमा पार्टीबाट एकसय जना मन्त्री बनेका बताउँदै त्यसतिर बढी ध्यान गएको बताए। गठबन्धनलाई बचाएर दुईतिहाइको सरकार बनाउनका लागि मोर्चाबन्दीको बाटो तोड्न नहुने उनको भनाइ छ।

Next Post

मुगु तिब्बत सीमा स्तम्भ निरिक्षणका निरीक्षणमा टोली खटियो

३० भाद्र २०७८, बुधबार १५:०३
सुर्खेत – मुगु तिब्बत सीमा स्तम्भ निरिक्षणका लागि बुधबार जिल्लाबाट १६ जनाको टोली त्यसतर्फ गएको छ । मुगु तिब्बत सीमा स्तम्भ निरिक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइराला नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक जगत रावलसहित १२ जना सशस्त्र प्रहरी र ४ जना जनपथ प्रहरी गरी १६ जनाको टोली मुगु तिब्बत […]