भैरवीमा मेसिन होजियारी सम्बन्धी ३० दिने सीप विकास तालिम सम्पन्न

कर्णालीदृष्टी संवाददाता ११ बैशाख २०७९, आईतवार १८:३२

दैलेख । दैलेखको भैरबी गाउँपालिकामा ३० दिने मेसिन होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । समाजिक विकास मन्त्रालय, मानव संसाधन विकास केन्द्र सुर्खेतको आयोजना तथा भैरबी गाउँपालिका दैलेखको समन्वयमा सञ्चालीत ३० दिने मेसिन होजियारी सम्बन्धी सीप विकास तालिम आईतबार सम्पन्न भएको हो ।

बेरोजगार युवायुवतीहरुलाई रोजगारीको अवसर सृजना गर्दै आय स्रोतमा वृद्धि गराउने उद्येश्यले सञ्चालन गरिएको तालीममा भैरबी गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडाका गरी करीब २० जनाको सहभागीता रहेको थियो ।

सामजिक विकास मन्त्रालय मानव संसाधन विकास केन्द्र वीरेन्द्रनगर सुर्खेतका शाखा अधिकृत पूर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा सामजिक विकास मन्त्रालय मानव संसाधन विकास केन्द्र वीरेन्द्रनगर सुर्खेतका लेखा शाखा अधिकृत ओम प्रसाद चालिसे, कम्प्युटर प्राशिक्षक रमेशराज गिरी र भैरबी गाउँपालिका ६ नं. वडा अध्यक्ष डिल्लीराम पुरी तालिम प्रशिक्षक किशोर अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

तस्वीर : लक्ष्मी सापकोटा ‘अमित’

तालिमको समापन गर्दै शाखा अधिकृत पूर्ण प्रसाद उपाध्यायले बेरोजगार युवायुवतीहरुलाई रोजगारीको अवसर सृजना गर्दै आय स्रोतमा वृद्धि हुने र उक्त तालिममा सहभागीहरुको माग अनुसार सहभागीहरुलाई स्तर उन्नती (लेवल अप) को तालिम समेत तत्कालै दिने प्रक्रियामा लागी पर्ने बताउनु भयो ।

भैरबी गाउँपालिका ६ नं. वडा अध्यक्ष डिल्लीराम पुरीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्दै आर्थिक उन्नतीको कामना समेत गर्नु भएको थियो । मेसिन होजियारी सम्बन्धि सीप विकास तालिमबाट हुने फाईदाहरुको बारेमा प्रष्ट पार्दै तालिमका सहभागीहरुले मफलर, स्कुल डे«सको स्वीटर, हाईनेक स्वीटर लगाएतका अन्य उनबाट बन्ने लुगा बनाउन सिकेको प्रशिक्षक किशोर अधिकारीले जानकारी दिनुभयो ।

Next Post

कांग्रेसको समीक्षा : नेकपा सरकार भ्रष्टाचारमा चुर्लुम्मै, एमाले नै अदालतले जन्माएको पार्टी

११ बैशाख २०७९, आईतवार १८:३२
काठमाण्डौ – नेपाली कांग्रेसले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार सबै हिसाबले असफल भएको र देशलाई कम्युनिस्टकरण गर्न खोजेको आरोप लगाएको छ । पालिका चुनावको घोषणापत्रमार्फत कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले राज्यका सबै संरचना ध्वस्त बनाएको, संविधान मास्न खोजेको, भ्रष्टाचारमा डुबेको लगायतका कयौँ आरोप लगाएको छ । कांग्रेसले […]