सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कर्णालीदृष्टी संवाददाता ७ फाल्गुन २०७८, शनिबार १७:०९

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा भेरीगंगा नगरपालिका वडा– १० का २० वर्षीय रवीन सिंजाली र सोही ठाउँका १७ वर्षीय योगेश बुढा रहेको प्रहरीले जनाएको छ ।

छिन्चुबाट कोहलपुरतर्फ जाँदै गरेको लु ८० प ८४९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

शुक्रबार राति करिब साढे दश बजेतिर भेरीगंगा नगरपालिका वडा –४ हर्रे नजिक सडकबाट मोटरसाइकल करिब दुई सय मिटर तल खस्दा चालक र पछि सवार यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

हिजो राती दुर्घटना भए पनि उनीहरूको शव आज बिहान मात्रै पोस्टमार्टमका लागि मेहेलकुना अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

Next Post

जुम्लामा थपिए ६ हजार मतदाता

७ फाल्गुन २०७८, शनिबार १७:०९
जुम्ला । हिमाली जिल्ला जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । साउन ३ देखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो । जिल्ला निर्वाचन कार्यालय, जुम्लाले ७ फागुनमा […]