दैलेखमा बढ्दै आत्महत्याका घटना : फेरी १९ वर्षिय युवाद्धारा आत्महत्या

विहिबार मात्र १९ वर्षिय युवाद्धारा आत्महत्या

झलक गिरी १६ माघ २०७७, शुक्रबार १५:११

दैलेख : दैलेखमा पछिल्लो समय आत्म हत्याका घटनाहरु ह्वातै बढेकाछन् । यस वर्षको बैशाख देखी पौष मसान्तसम्म दैलेख जिल्लाका ११ वटै स्थानीय तहमा आत्महत्या गर्नेको कुल संख्या २९ जना रहेको जिल्ला प्रहरी प्रमुख (डि.एस.पि.) अनुपम श्रेष्ठले जानकारी दिएका छ्न ।उनले अब यसरी आत्महत्या बढेपछी सबैको लागी चुनौतिको विषय रहेकाले अब जिल्लाका सबै स्थानीयतहमा जिल्ला प्रहरी कार्यालय दैलेख र संघसंस्थाहरुको साझेदारीमा मनोबैज्ञानिक तथा सचेतनामुलक कार्यक्रम गर्ने बताए ।

विहिबार मात्र १९ वर्षिय युवाद्धारा आत्महत्या
जिल्लाको महाबु गाउँपलिका वडा नं.३ बासी (रिठ्ठा) मा आत्महत्या गरि एक युवकको मृत्यु भएको छ ।बुधबार दिउँसो करिब २ बजे धनबहादुर शाहिको छोरा वर्ष १९ को जीवन बहादुर शाहीले घरपरिवार कोहि नभएको समय पारी घरको माथिल्लो तलाको बलोमा पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरक्षक एवम् सूचना अधिकृत राजेश साहुले कर्णाली दृष्टिलाई जानकारी दिए। उनका अनुसार शाहिको आत्महत्या गर्नुको केहि कारण नखुलेको र थप अनुसन्धा भइरहेको बताए ।

 

 

Next Post

प्रधानमन्त्री कप :उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ खेल्दै

१६ माघ २०७७, शुक्रबार १५:११
काठमाडौं :प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ बजे हुनेछ । एपीएफका कप्तान शरद भेषवाकारले फाइनलसम्म पुग्नु एपीएफका लागि ठूलो उपलब्धि भएको र फाइनल खेलमा पनि राम्रो प्रदर्शन गर्ने बताए […]