जुम्लामा धौलिगाड बृहत खानेपानी आयोजनाको शिलान्यास

कर्णालीदृष्टी संवाददाता ५ चैत्र २०७८, शनिबार १७:४८

जुम्ला । नेपालको हिमालय क्षेत्रको सबैभन्दा ठुलो २७० किलोमिटर लामो धौलिगाड बृहत खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । सङ्घीय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले आयोजनाको शिलान्यास गर्नुभएको हो ।

खानेपानी सरसफाई सबडिभिजन कार्यालय जुम्लाको मैदानमा उहाँले धौलिगाड खानेपानी आयोजनाको शिलान्यास गर्नुभएको हो । मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना नेपालको अर्को मेलम्ची भएको बताउनुभयो ।

काठमाण्डौको मेलम्ची चैत मसान्तभित्र सञ्चालनमा आउने र जुम्लाको धौलिगाड बृहत खानेपानी आयोजनामा साढे दुई बर्षमै सकिने उहाँले बताउनुभयो । बृहत धौलिगाड खानेपानी आयोजनाको १३ बर्षदेखि पहल अघि बढेको थियो ।

एक अर्ब २६ करोड लागतमा निर्माण हुन लागेको यो आयोजनाले साढे दुई बर्षभित्र स्थानीयको घरघरमा खानेपानीको पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

जुम्लाबासीलाई अढाइ बर्षभित्रै धौलिगाडको पानी खुवाउने प्रतिवद्धता मन्त्री चौधरीले व्यक्त गर्नुभयो । शिक्षा,स्वास्थ्य खानेपानीमा राजनीति नगर्न आग्रह गर्दै मन्त्री चौधरीले विकास निर्माणमा सबैको होतमालो आवश्यक रहेकोमा जोड दिनुभयो ।

आयोजना निर्माण लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रूपैयाँ छ ।

Next Post

नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापा मगरलाई

५ चैत्र २०७८, शनिबार १७:४८
काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् । उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन–४ […]