दैलेख । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दैलेख कारागारबाट ११ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ ।
जिल्ला कारागार दैलेखमा बिभीन्न मुद्धामा सजायको क्रममा असल आचरण देखाएका ११ जना कैदीबन्दीले बाँकी सजाय मिनाह पाइ मुक्त भएका हुन ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५ सय १ एक कैदीवन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिए संगै दैलेख कारागारका ११ कैदीबन्दीले सजाय मिनाहा पाएका हुन् ।
५० प्रतिशत कैद सजाय भुक्तान गरेका कैदीहरुको बाँकी कैद छोट्याएर माफी मिनाह दिई उनीहरुकोे बाँकी कैद सजायको लगत कट्टा गरी रिहा गरिएको दैलेख कारागारका जेलर तिलक प्रसाद न्यौपानेले बताउनुभयो ।
कर्तव्य ज्यान मुद्धाका २, चोरी मुद्धाको १ र बहुविवाह मुद्धामा जेल सजाय भोगिरहेका ८ जना गरी ११ जनाले बाँकी कैद सजाय माफी पाएको जेलर न्यौपानेले बताउनुभयो ।
प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते देशभरबाट ५ सय १३ जना कैदीबन्दीले आममाफी पाएका छन् ।


