ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले निर्वाचित

कर्णालीदृष्टी संवाददाता ३ जेष्ठ २०७९, मंगलवार ०८:१९

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्ष बहादूर शाह विजयी हुनुभएको छ । शाह २ हजार ५७१ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उहाँले नेकपा एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गर्नुभयो । लक्ष्मीले २ हजार २७९ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै गाउपालिकाको उपाध्यक्षमा नेकपा एमालेका देविराम बडुवाल बिजयी हुनुभएको छ । बडुवाल २ हजार ६ सय९५ मतसहित उपाध्यक्षमा विजयी हुदा उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी २ हजार ४१६ मत प्राप्त गर्नुभयो ।

Next Post

चामुण्डा बिन्द्रासैनिको प्रमुख उप प्रमुखमा कांग्रेस उम्मेदवार बिजयी

३ जेष्ठ २०७९, मंगलवार ०८:१९
दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनि नगरपालिकाको प्रमुखमा नेपालि कांग्रेसका गणेश बहादूर शाही बिजयी हुनुभएको छ । उहाले ४ हजार ७० मत प्राप्त गर्दै चामुण्डा बिन्द्रासैनि नगरपालिकाको मेयरमा बिजयी हुदा प्रत्यासी नेकपा एमालेका सुर्य बहादूर शाहीले ३ हजार ९ सय ९२ मत प्राप्त गर्नुभयो । यस्तै चामुण्डा बिन्द्रासैनि नगरपालिकाको उप मेयरमा नेपालि […]

सम्बन्धित समाचार