कर्णाली प्रदेशको आर्थिक मामिलामन्त्रीमा विन्दमान विष्ट नियुक्त

कर्णालीदृष्टी संवाददाता १५ मंसिर २०७८, बुधबार ०७:१९

सुर्खेत । कर्णाली प्रदेशको आर्थिक मामिलामन्त्रीमा नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्ट नियुक्त हुनुभएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले उहालाई मन्त्री नियुक्तका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्नुभएको थियो ।

प्रदेश सभामा मंगलबार बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले विष्टलाई मन्त्री सिफारिस गरेको हो । उहाँ सुर्खेत २ ‘ख’ बाट निर्वाचित सांसद पनि हुनूहून्छ ।

नवनियुक्त मन्त्री विष्टले मंगलबार साझ नै प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहालाई प्रदेश प्रमुख तिलक परियारले सपथ खुवाउनुभएको हो ।

माओवादी केन्द्रले अहिले विष्टबाहेक अन्य कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने निर्णय गर्न सकेको छैन । विष्ट यसअघि पनि मन्त्रीका लागि सिफारिसमा पर्नुभएको थियो, तर अन्तिम समयमा उहाको नाम हटाइएको थियो ।

Next Post

लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान

१५ मंसिर २०७८, बुधबार ०७:१९
दैलेख । लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तरगत बुधबार दैलेखका बिभीन्न स्थानहरुमा बिबीध जनचेतना मुलक कार्यक्रमको ओयाजना गरिएको छ । बसन्त माध्यामीक बिद्यालय किमुगाउमा आयोजना गरिएको कार्यक्रममा दैलेख प्रहरी प्रमुख भवश्वेर प्रसाद साहले प्रहरी र नागरिक बिचको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभयो । नागरिकको रक्षाका […]