एमालेले महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने

कर्णालीदृष्टी संवाददाता २७ कार्तिक २०७८, शनिबार ०९:५४

काठमाण्डौ । नेकपा (एमाले) ले १०औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने भएको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि आज एकैदिन देशभरबाट एक हजार ९ सय ९९ जना प्रतिनिधि चयन गर्न लागिएको एमालेले जनाएको छ ।

कतिपय स्थानमा भने सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् । तर महासचिव इश्वर पोखरेलले महाधिवेशन प्रतिनिधि अझै बढ्न सक्ने बताउनु भएको छ ।

यसअघि कात्तिक १२ को केन्द्रीय कमिटी बैठकले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि रहने निर्णय गरेकोमा हिजो आयोजित एक कार्यक्रममा पोखरेलले प्रतिनिधि बढ्नसक्ने सङ्केत गर्नुभएको हो । उहाँका अनुसार महाधिवेशनमा एमालेका तीन प्रकारका प्रतिनिधि हुनेछन् । पदेन प्रतिनिधि जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकायबाट स्वतः आउनेछन् ।

भौगोलिक क्षेत्र, जनवर्गीय सङ्गठनबाट निर्वाचित प्रतिनिधि आउनेछन् । पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी निर्वाचित हुनेछन् । ४५ स्थायी समिति सदस्यसहित २ सय २५ जनाको केन्द्रीय कमिटी रहने व्यवस्था नयाँ विधानमा छ । यो महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी मात्रै होइन केन्द्रीय सदस्यसमेत सहमतिमै चयन गर्ने तयारी नेतृत्वले गरिरहेको छ ।

Next Post

सुर्खेतमा अटो दुर्घटना हुदा १ जनाको मृत्यु

२७ कार्तिक २०७८, शनिबार ०९:५४
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ बाङ्गेसिमल चेक प्वाइन्टदेखि १ किलोमिटर अगाडि कर्णाली राजमार्गमा बिहान ११ बजेतिर अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। वीरेन्द्रनगरबाट गिरिघाटतर्फ जाँदै गरेको भे १ ह ८४४ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँ साइडको कलभर्टमा ठोकिँदा दुर्घटना भएको प्रहरीले […]

सम्बन्धित समाचार