एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण,२७ जनाको मृत्यु

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४८ हजार ७११

कर्णाली दृष्टि संवादाता १९ बैशाख २०७८, आईतवार १७:४१

काठमाडौं :पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । जसमध्ये तीन हजार ५३० जना संस्थागत आइसोलेसनमा छन् । ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेको छ । उपचाररत संक्रमितमध्ये ४७७ जना आईसीयूमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६१२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ ।

Next Post

राष्ट्रिय जनगणना २०७८ स्थगित

१९ बैशाख २०७८, आईतवार १७:४१
काठमाडौं :राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित […]