मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतका कान्छा वडाध्यक्ष कार्कीको निधन

कर्णालीदृष्टी संवाददाता १४ फाल्गुन २०७८, शनिबार १४:५०

सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका– १ का वडाध्यक्ष नवराज कार्कीको निधन भएको छ । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो ।

नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।

रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उहाँ घाइते हुनुभएको थियो ।

उहा सुर्खेतका निर्वाचित वडाअध्यक्षहरु मध्ये सबैभन्दा कान्छा वडा अध्यक्ष हुनुहुन्थ्यो ।

Next Post

जुम्लाका किसानको बगैँचामै गएर स्याउ व्यवस्थापन तालिम

१४ फाल्गुन २०७८, शनिबार १४:५०
जुम्ला – जुम्लाका स्याउ किसानलाई स्याउ बगैँचा भित्रै बगैँचा व्यवस्थापन तालिम अभियान थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रका विभिन्न स्थानमा किसानहरुलाई स्याउ बगैँचामै गएर तालिम दिइएको हो । सुपरजोन कार्यालय जुम्लाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलका अनुसार किसानलाई स्याउ बगैँचा […]