आयोगद्वारा शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी ।।

कर्णालीदृष्टी संवाददाता ५ कार्तिक २०७८, शुक्रबार ०९:२९

काठमाण्डौ । शिक्षक सेवा आयोगले शिक्षकहरूको पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आयोगले प्रावि, निमावी र माध्यमिक तहका गरी झन्डै १७ हजार २ सय २३ दरबन्दी खुलाउने तयारी भएको बताउनुभयो ।

आयोगले ६ महिनाअघि नै शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । शिक्षामन्त्री नियुक्त नहुँदा नियमावली संशोधन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

तर, अब शिक्षा मन्त्री नियुक्त भइसकेको अवस्थामा सम्भवतः छिट्टै नियमावली पनि संशोधन हुने मरहट्ठ्ठाले बताउनुभयो । त्यसपछी विज्ञापन आवहनका लागि बाटो खुल्नेछ ।

Next Post

पहिरो खसेर बन्द भएको कर्णाली राजमार्ग आज देखि खुल्यो ।।

५ कार्तिक २०७८, शुक्रबार ०९:२९
सुर्खेत । गएको आइतवारदेखिको वर्षापछि पहिरो खसेर बन्द भएको कर्णाली राजमार्ग आज देखि खुलेकोे छ । नेपाली सेना, सशत्र प्रशरी, जनपथ प्रहरी, सडक डिभिजन कार्यालय जुम्ला र पालिकाको सक्रियतामा कर्णाली राजमार्ग अन्तर्गत पिलीमा गएको पहिरो हटाइएपछि राजमार्ग खुलेको हो । कालीकोटको पिलीमा आएको ठूलो पहिरो हटाउन प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट […]

सम्बन्धित समाचार