बजेट कार्यान्वयनको आकार बढाउन प्रदेश सरकारद्धारा कार्य सम्पादन सम्झौता

१०० प्रतिशत नै बजेट खर्च गर्ने हेतु

कृष्ण शर्मा ३० श्रावण २०७८, शनिबार १५:४९

 

कृष्ण शर्मा ।सुर्खेत – बजेट कार्यान्वयनको आकार बढाउन कर्णाली प्रदेश सरकारले कार्य सम्पादन सम्झौता गरेको छ ।

गत आर्थिक बर्षको समिक्षा सहित चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने लक्ष्यका साथ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरूसँग शुक्रबार कार्य सम्पादन सम्झौता गरेका हुन्।

सम्झौतामा सम्बन्धित मन्त्रालयले सम्पन्न गर्नुपर्ने काम र त्यसको तालिकासहितको विवरण रहेको बताइएको छ। सम्बन्धित मन्त्रीहरुले मन्त्रालयका सचिवहरूसँग सम्झौता गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताए।

‘गत आर्थिक बर्षमा सम्झौताअनुसार बजेट कार्यान्वयन उपलब्धिमुलक भएकाले यस वर्ष पनि हामीले यसको सुरूवात गरेका छौँ,’ उनले भने, ‘गत आर्थिक बर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गरिसक्ने गरी सम्झौता गरेकामा प्रदेश सरकारले ६७ प्रतिशत रकम खर्च गर्न सफल भयौँ, यस वर्ष हामीले १०० प्रतिशत नै बजेट खर्च गर्ने हेतुले यो सम्झौतालाई निरन्तता दिएका हौं।’ प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब बढीको बजेट ल्याएको छ।

कर्णालीमा अहिले आठ वटा मन्त्रालय छन्। मुख्यमन्त्री शाहीले प्रदेशका सातवटा मन्त्रालयलका मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्दा स्वास्थ्य समस्याका कारण कार्याक्रममा सहभागी हुन नसकेका समाजिक विकासमन्त्री यज्ञबहादुर बिसीबाहेक अन्य मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

जसमा आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपाली, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र जलस्रोत तथा उर्जामन्त्री दीनबन्दु श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

Next Post

२४ घण्टामा १ हजार ९४७ संक्रमित थपिए, २० जनाको मृत्यु

३० श्रावण २०७८, शनिबार १५:४९
देशभर २४ घण्टामा ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षणमा ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २ हजार ६२४ जनामा कोरोना पुष्टि भएको छ ।देशभर २० जनाको […]