हुम्लामा ट्याक्टर दुर्घटना-चालकको मृत्यु

कर्णाली दृष्टि संवाददाता ४ माघ २०८२, शनिबार २०:०७

हुम्ला । हुम्ला जिल्लाको दक्षिणी क्षेत्र अन्तर्गत अदानचुली गाउँपालिका–२ स्थित ठुलाखोलामा ढुङ्गा ओसार्दै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भे.२ त २०५५ नम्बरको ट्याक्टर दुर्घटनामा सुम्ला घर भएका ३० वर्षीय नगेस रावलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार गल्फागाड–श्रीनगर सडक खण्डका लागि ढुङ्गा ढुवानी गर्ने क्रममा ट्याक्टर ठुलाखोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनाका कारण ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको र पूर्ण रूपमा क्षतिग्रस्त भई टुक्रा–टुक्रा अवस्थामा पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाको वास्तविक कारण हालसम्म खुल्न नसकेको र थप अनुसन्धानपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त भएपछि श्रीनगर प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था मिलाइरहेको छ । उक्त ट्याक्टर विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधीन कर्णाली करिडोर अन्तर्गत गल्फागाडदेखि श्रीनगरसम्म करिब नौ किलोमिटर सडक कालोपत्रे कार्यका लागि ढुङ्गा ढुवानी गर्दै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Next Post

डाेल्पाका उत्कृष्ट शिक्षकलाई नगदसहित सम्मान

४ माघ २०८२, शनिबार २०:०७
डोल्पा । कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएका डोल्पाका तीन जना शिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । शिक्षण पेशामा समर्पित भई विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, विद्यालय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा उनीहरूलाई सम्मान गरिएको हो […]