कर्णाली प्रदेश सभा बैठक कार्यसूचीमै प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित

कर्णालीदृष्टी संवाददाता १७ फाल्गुन २०७८, मंगलवार ०७:०५

सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको दशौं बैठक कार्यसूचीमै प्रवेश नगरी आगामी बुधबार सम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण सभाको सोमबारको बैठक कार्यसूचीमै प्रवेश नगरी आगामी बुधबारसम्मका लागि स्थगित भएको हो ।

कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भएको सात बुँदे सहमति हालसम्म पनि कार्यान्वयन हुन नसकेको भन्दै एमालेले सदन अवरुद्ध गरको हो ।

बैठकमा बोल्दै एमालेका नेता यमलाल कँडेलले सरकारसँग गरिएको सातबुँदे सहमति कार्यान्वयन नभएको कारण उठेर बैठकको अवरोध गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

आर्थिक वर्ष २०७८÷०७९ को बजेट टुक्रे भएकोले विभिन्न कार्यक्रममा १५ लाखभन्दा कम रकम विनियोजन गरिएका बजेट कार्यान्वयन नगरिने, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन सम्बन्धमा कार्यविधिमा रहेको स्थानीय तहको भूमिका र प्रदेश सभाका सदस्यको भूमिकालाई यथावत राखिने लगायतका सातवटा बुँदामा सरकार लगायतका शीर्ष नेताहरूले हस्ताक्षर गरे पनि कार्यान्वयन नगरेका कारण बैठकमा उठेर अवरोध गर्नुपरेको उहाको भनाइ छ ।

सरकारले लिखित सहमति नजनाएसम्म बैठकमा अवरोध जारी राख्ने कँडेलले बताउनुभयो । गत माघ १८ गते कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच बजेट कार्यान्वयन लगायतका विषयमा सातबुँदे सहमति भएको थियो । सोही सहमति कार्यान्वयनका लागि लिखित सहमति नभएको कारण एमालेले सदन अवरुद्ध गरेको हो ।

आर्थिक वर्ष २०७८÷०७९ को आर्थिक अध्यादेश र विनियोजन अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकको टेबल गर्ने कार्यसूची भए पनि प्रतिपक्षले अवरोध गरेका कारण कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

Next Post

एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु

१७ फाल्गुन २०७८, मंगलवार ०७:०५
सुर्खेत । एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु लागेको छ । प्रदर्शन उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज सोमवार सवा ८ बजेदेखि मङ्गलवार बेलुका ७ बजेसम्मका लागि कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले  जानकारी दिनुभयो । उहाँले वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे […]