दैलेख । पे्रस सेन्टर जिल्ला शाखा दैलेखको अध्यक्षमा रामृकृष्ण कठायत चयन हुनुभएको छ । शुक्रबार दैलेखमा आयोजित प्रेस सेन्टर नेपाल जिल्ला शाखा दैलेखको दोश्रो जिल्ला अबिधेशनबाट कठायत अध्यक्षमा सर्वसहमत चयन हुनुभएको हो ।
यस्तै अबिधेशनबाट उपाध्यक्षमा सर्वजित थापा मगर, उपाध्यक्ष (महिलातर्फ) टिका रावल, सचिवमा तिर्थ भण्डारी, सह–सचिव (खुल्लातर्फ) पृथ थापा, सह–सचिव समाबेशीमा राकेश बिक, र कोसाध्यक्षमा खगेन्द्र राना मगर चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा केशवराज पौडेल, जनकराज शाही, भिमबहादूर थापा मगर, सन्तोष कठायत लगाएत चयन हुनुभएको छ । कृष्णप्रसाद शर्मा, पुष्पा शाही र गणेश रोकायलाई प्रदेश प्रतिनिधीमा चयन गरिएको छ भने भुपेन्द्रबहादूर शाही केन्द्रीय प्रतिनीधिमा चयन हुनुभएको छ
।
नवगठीत कार्यसमितीका पदाधीकारीहरुलाई शुभकामना दिदै नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य एवंम पे्रस सेन्टर नेपालका केन्द्रीय सदस्यन नवीन रिजालले पत्रकारको सुरक्षामा राज्यले विशेष ध्यानु दिनुपर्ने बताउनुभयो ।
उहाले राज्यको विकासका लागि समेत पत्रकारिताको भूमिका ठूलो रहेको बताउँदै दैलेखमा सञ्चार क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र दैलेखका जिल्ला संयोजक प्रेम बहादुर कटुवाल (बिरवल), पे्रस सेन्टर नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य लोकेन्द्र पौड्याल, वाईसीयल नेपालका केन्द्रीय सदस्य गोपाल बिसी, प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश सदस्य कृष्णा देवकोटा लगाएतले पनि नया कार्यसमितीका पदाधीकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।