पेट्रोलियम व्यवसायीहरूद्वारा संस्थागत माग पूरा गर्न सामूहिक दबाब

कर्णालीदृष्टी संवाददाता १८ फाल्गुन २०७८, बुधबार १८:३१

काठमाण्डो । पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले पेट्रोलियम क्षेत्रमा देखिएको समस्या सम्बोधनका लागि सामूहिक दबाब दिएका छन् ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आज बसेको बैठकले इन्धन आपूर्ति, ढुवानी र वितरणका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सामूहिक दबाब दिने निर्णय गरेको हो ।

बैठकले नौं बुँदे निर्णय गर्दै पेट्रोलियम क्षेत्रका देखिएका समाधानका लागि सामूहिक पहल गर्ने र सरोकारवाला निकायमा माग पेश गर्ने निर्णय गरेको हो ।

समितिको बैठकले पेट्रोलियम व्यवसायमा देखिएका समस्याका बारेमा छलफल गर्दै सरकारसमक्ष आफ्ना विभिन्न मागहरु पेश गर्ने निर्णय गरेको छ ।

पेट्रोलयम ऐन बनाउनुपर्ने, एलपी ग्यास बिक्री तथा ढुवानी विनियमावली परिमार्जन गर्नुपर्ने तथा पेट्रोलियम व्यवसाय सुधार कार्ययोजना लागू गर्नुपर्ने लगायतका माघ अघि सार्ने निर्णय बैठकले गरेको छ ।

समितिमा नेपाल एलपी ग्यास उद्योग सङ्घ, नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ आवद्ध छन् ।

Next Post

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै : आज सार्वजनिक बिदा

१८ फाल्गुन २०७८, बुधबार १८:३१
काठमाण्डाै – शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् । विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । यो पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ […]