१९ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व

कर्णालीदृष्टी संवाददाता २५ पुष २०७८, आईतवार ०८:३३

काठमाण्डाै – नेकपा एमालेको ६३ जिल्लामा भएको अधिवेशनमा १९ जिल्लामा अध्यक्ष सर्वसम्मत छानिएका छन् । अरु जिल्लामा सहमतिको प्रयास भइरहेको र सहमति हुन नसकेमा चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुने एमालेले जनाएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा र पश्चिम नवलपरासीमा सर्वसम्मत नेतृत्व चयन भएका हुन् ।

झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँकेमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, भक्तपुरमा वचन देउजा र गुल्मीमा बालसिंह काउछा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भएका हुन्।

यस्तै खोटाङमा रामप्रसाद दङ्गाल, सप्तरीमा ताराकान्त चौधरी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, धनकुटामा इन्द्रमणि पराजुली, रसुवामा कर्णेल लामा र नवलपरासी सुस्ता पश्चिममा दीपेन्द्र अधिकारी जिल्ला कमिटी अध्यक्षमा चयन हुनुभएको छ । विशेष जिल्ला कमिटी अन्तर्गत मजदुरमा जितेन्द्र श्रेष्ठ र पेसागतमा उमेश ढकाल चयन हुनुभएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

शुक्रवार ६३ जिल्लामा अधिवेशन सुरु भएको र बाँकी जिल्लामा पनि छिटै अधिवेशन गर्ने एमालेले जनाएको छ ।  

Next Post

बाँकेमा बाघको आक्रमणमा परि एक जना महिलाको ज्यान गयो

२५ पुष २०७८, आईतवार ०८:३३
काठमाण्डाै – बाँकेमा  शनीबार फेरि बाघको आक्रमणमा परि एक जना महिलाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं ६ अब्रहवाकी चाँदनी थारुको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । थारु साथीहरुसहित बाँके राष्ट्रिय निकुञ्ज नजिकैको वनमा  माघीका लागि पात टिप्न जानुभएको थियो । थारुलाई पात […]