दैलेखको ठाँटीकाधमा निसासिएर आमा र छोराका मृत्यु

कर्णालीदृष्टी संवाददाता २१ फाल्गुन २०७८, शनिबार ०६:५१

दैलेख । जिल्लाको ठाँटीकाँधमा निसासिएर एकै घरका आमा छोराको मृत्यु भएको छ । घरभित्र निसासिएर ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश बादीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहका अनुसार बिहीबार राति भान्सा कोठामा सुतिरहेका आमा छोरा शुक्रबार बिहान ११ बजे मृत अवस्थामा फेला परेका हुन् ।

भान्छा कोठामा चुल्होको करिब डेढ फिट नजिक सुतेका उनीहरू ओछ्याएको गुन्द्री र सिरक चुल्होतिर पुगेर आगो सल्केको र उनीहरूको शरीरको केही भाग पोलिएको डीएसपी शाहले बताउनुभयो ।

धुवाले निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ, ४० वर्षीया हरिकलाको शरीरको पछाडिको भाग जलेको र १८ वर्षीय रमेशको हात जलेको प्रहरीले जनाएको छ । घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । मृतकलाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल पु¥याइएको छ ।

Next Post

दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने

२१ फाल्गुन २०७८, शनिबार ०६:५१
दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ । दाङ तुलसीपुरकाे चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले याे सडक खण्ड १० दिन बन्द हुन लागेको हो । भाेलिदेखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो […]