
काठमाडौं :बैदेशिक रोजगारीमा जाने युवा युवतीको बेदनालाई समेटिएको नयाँ गीत ‘बरी लै’ सार्वजनिक भएको छ । गायक दिपकराज विश्वकर्माको आवाजमा रहेको ‘बरी लै’ बोलको नयाँ गीत अडियो ल्याब स्टुडियोको प्रस्तुतिमा बनेको हो ।यस गीतमा गायक दिपकराज विश्वकर्मा कै शब्द, संगीत र संगीत संयोजन रहेको छ ।
सार्वजनिक भएको ‘बरी लै’ बोलको गीतमा लामो मयदेखी रगंमञ्चमा आफुलाई चिनाउदै आएका रगंकर्मी कृष्ण खड्कासँगै अजिता विश्वकर्मा र बाल कलाकार अभिषा धितालको अभिनय रहेको छ ।
गीतको भिडियोमा धिरज थापा मगरको कथा अनि सह–निर्देशनमा बनेको गीतको भिडियोलाई गायक दिपकराज विश्वकर्मा स्वयंले निर्देशन गर्नुभएको छ ।दुर्गा श्रेष्ठको छायाकंन रहेको गीतमा बिकास दाहालको सम्पादन रहेको छ ।


