प्रहरीको कुटाईबाट सुर्खेतमा एक यूवाको मृत्यु

कर्णालीदृष्टी संवाददाता २१ फाल्गुन २०७८, शनिबार १६:४०

सुर्खेत । सुर्खेतमा प्रहरीको कुटाईबाट कालिकोटका एक युवाको मृत्यु भएको छ । नेपालगंजबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनि हमालको प्रहरी कुटाईबाट मृत्यु भएको हो ।

शुक्रबार राती  भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गम्भिर घाईते बनाएको आरोप आफन्तले लगाएका छन् ।

‘प्रहरीको कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो,’ मृतकका अंकल कलमबहादुर हमालका अनुसार ‘गाडीको स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेका थिए ।

उनीहरुलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएकोछ छ ।’ हमाललाई उपचारको लागि आज विहान सुर्खेत अस्पताल ल्याएपनि अस्पताल पुर्याउदा उनको मृत्यु भइसकेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको सुर्खेत प्रहरीका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभयो । ‘कुटपिटपछि मृत्यु भन्ने खवर आयो,’ प्रहरी प्रवक्ता घर्तीले भन्नुभयो, ‘विस्तृत विवरण बुझ्दै छौं । अनुसन्धानपछि सवै खुल्नेछ ।’

अहिले ठूला संख्यामा आफन्तहरु सुर्खेत हस्पिटलमा जम्मा भएका छन् । सुर्खेतमा सम्भावित हुनसक्ने आन्दोलनलाई ध्यानमा राखेर प्रहरी परिचालन व्यापक गरिएको छ ।

Next Post

राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरुले लिए शपथ

२१ फाल्गुन २०७८, शनिबार १६:४०
काठमाण्डाै – राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो । सिंहदरवारमा रहेको संसद सचिवालयमा भएको कार्यक्रममा उहाँले नवनिर्वाचित सांसदहरुलाई संघीय संसदको लोगो पनि प्रदान गर्नुभयो । गएको माघ १२ गते राष्ट्रिय […]