एमाले सांसद मोहन बानियाँ निलम्बित

कर्णालीदृष्टी संवाददाता २२ फाल्गुन २०७८, आईतवार १८:१७

काठमाण्डौ । बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् । बानियाँमाथि बलात्कार मुद्दामा प्रहरी हिरासतमा राखेरअनुसन्धान भइरहेको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका थिए ।

उक्त जानकारी सँगै बानियाँ निलम्बित भएका छन् । पूर्वमन्त्री समेत रहेका बानियाँ बलात्कार अभियोगमा विमानस्थलबाटै पक्राउ परेका थिए ।
जुम्लाकी शिक्षिका तथा माओवादी नेतृले बाँके प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले उनको खोजी गरेको थियो ।

बाँकेस्थित होटल अप्सरामा जबरजस्ती करणी गरेको भन्दै ती शिक्षिकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन । पीडित भनिएकी महिलाले बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानीपख जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख छ ।

माघ १८ गते होटलमा २५ लाख दिने भनेर बोलाएको तर रकम नदिई आफूलाई जबर्जस्ती करणी गरेको शाहीले उजुरी दिएकी छन् भने सामाजिक सन्जालमै सार्वजनिक गरेकी छन् ।

बानियाले भने आफूलाई राजनीतिक रूपमा फसाउन खोजेको दावी गर्दै आएका छन् । महिलाको आरोपपछि उनले  यो विषयमा अनावश्यक बाहिर ल्याएर चरित्रहत्या गरिएको दावी गरेका थिए ।

Next Post

दाङमा तोरी उत्पादनमा वृद्धि

२२ फाल्गुन २०७८, आईतवार १८:१७
दाङ – दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि भएको छ । तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । तोरी छर्ने सिजनमा वर्षा भएकाले गएकाे वर्षको तुलनामा यस वर्ष दाङमा तोरी उत्पादनमा वृद्धि  भएको कृषि अर्थविज्ञ पृथ्वीप्रसाद लामिछानेले बताउनु भयो । […]