पश्चिमी क्षेत्रमा आज वर्षा र हिमपात, पर्सिदेखि मौसममा सुधार आउने

कर्णालीदृष्टी संवाददाता २६ माघ २०७८, बुधबार ०७:५५

काठमाण्डाै – पश्चिमी क्षेत्रमा आज आज वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । अहिले यी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

दिउँसो मौसम पूर्ण बद्ली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँकाअनुसार पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा आज पानी पर्न लागेको हो । यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुने उहाँले बताउनुभयो ।

यस्तै, आज वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँमा पनि हल्का पानी पर्ने छ । भोलि पनि वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा पानी पर्ने अनुमान छ ।

पर्सिदेखि भने पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हट्ने भएकाले मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन्  । अब पानी पार्ने अर्को कुनै प्रणाली नआए बिस्तारै गर्मी बढ्दै जाने छ ।

Next Post

एसईई वैशाख ९ गतेदेखि हुने

२६ माघ २०७८, बुधबार ०७:५५
काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । आज बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो । […]