६४ दिनमै सरकारबाट बाहिरियो एमाले, पुस १० को गठबन्धन ‘छिन्नभिन्न’

काठमाडौं १५ फाल्गुन २०७९, सोमबार १४:२४

काठमाडौं : संसद्को दोस्रो ठूलो दल नेकपा एमाले ६४औं दिनमा सरकारबाट बाहिरिएको छ ।

सोमबार बिहान च्यासलमा बसेको पार्टी सचिवालय बैठकले एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

त्यस्तै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय पनि गरेको छ ।

गएको पुस १० गते एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमनमन्त्री बनेका थिए ।

पुस ११ गते एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्त्वमा सांसदहरु दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्रकुमार राई मन्त्रीमा नियुक्त भएका थिए ।

पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका थिए । गएको माघ ३ गते भएको मन्त्रिपरिषद्मा एमालेबाट दामोदर भण्डारी उद्योग, डा. विमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमि सुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री नियुक्त भएका थिए ।

गत शनिबार बसेको सचिवालय बैठकले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको परिणामपछि मात्रै सरकारबारे निर्णय गर्ने निष्कर्ष निकालेको थियो ।

तर, आइतबार परराष्ट्रमन्त्री विमला पौडेल राई जेनेभा भ्रमणमा जाने कार्यक्रम थियो ।

प्रधानमन्त्रीले अकारण भ्रमण रद्ध गरेको र त्यसले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश गएको भन्दै एमालेले सरकार छाड्ने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री पौडेलले जानकारी दिए ।

उनका अनुसार एमाले पुस १० गतेको राष्ट्रपति एमालेलाई दिने सहमति कार्यान्वयन नभए पनि सरकारमा रहने तयारी थियो ।

तर, प्रधानमन्त्रीले विना विभागीय बनाउने वा सरकारबाट हटाइदिने अभिव्यक्ति दिएपछि सरकारबाट बाहिरिने निर्णय लिइएको पौडेलले बताए ।

एमाले उपमहासचिव तथा प्रचारविभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार मन्त्रीहरुले आजै राजीनामा बुझाउनेछन् ।

यसैबीच पुस १० गते बालकोटमा बनेको गठबन्धन छिन्नभिन्न बनेको छ ।

दुई महिनामै उक्त गठबन्धन छिन्नभिन्न बनेको हो । त्यस गठबन्धनमा रहेको एक दल नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ भने रास्वपा सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकार बाहिर पुगेको छ ।

साना राजनीतिक दलहरु नयाँ गठबन्धनमा सामेल भइसकेका छन् ।

Next Post

बिधालय र गाउँटोलमा कानुनी परामर्श तथा सचेतना कार्यक्रम

१५ फाल्गुन २०७९, सोमबार १४:२४
दैलेख । महाबु गाउँपालिकाको वडा नं. २, जगदीश माध्यामिक बिधालयमा बिहिवार बिधालय र गाउँटोलमा कानुनी परामर्श तथा सचेतना कार्यक्रम भएको हो । लैंगिक हिंसा, बाल बिवाह, बहु बिवाह, लागु औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी बिधालय र गाउँटोलमा कानुनी परामर्श तथा सचेतना कार्यक्रम वडाको जगदीश माध्यमिक बिधालय ऎराडी, बडाखोलामा भएको थियो । […]

सम्बन्धित समाचार