निर्वाचनप्रति नागरीकलाई जागरुक बनाउदै जिल्ला सुरक्षा समिती

कर्णालीदृष्टी संवाददाता २३ फाल्गुन २०७८, सोमबार ०८:१६

दैलेख । सरकारले आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनको मिती तोकेसंगै दैलेख जिल्ला सुरक्षा समितीले नागरिकहरुलाई निर्वाचनप्रति जागरुक बनाउने अभियान थालेको छ ।

अभियान अन्र्तरत आईतबार जिल्लाको भैरवी गाउपालीकाका बिभीन्न स्थानमा पुगी नागरीकहरुलाई शान्तीसुरक्षा प्रत्याभुती रहेको जानकारी गराईएको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलको नेतृत्वमा गएको टोलीले मतदान स्थलको अवस्था, भौतीक संरचना थप गर्नुपर्ने, कार्य सुरक्षाको अवस्था लगाएतका बिषयमा अध्यन गरी नागरीकलाई निर्वाचनप्रति जागरुक गराईएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।

उहाका अनुसार जिल्लाको शान्ती सुरक्षामा प्रभाव पार्ने तत्वहरुको पहिचान गरी आवश्यक रणनीती तयार गर्ने उद्येश्यसहित सुरक्षा समितीको टोलीले अनुगमन सूरु गरेको हो ।

आईतबार अनुगमन गरिएका क्षेत्रका मतदान स्थलहरु सुरक्षाका दृष्टीकोणलेसबै सुरक्षीत रहेको पनि प्रहरी प्रमुख साहले बताउनुभयो ।

Next Post

आज अन्तर्राष्ट्रिय नारी दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै

२३ फाल्गुन २०७८, सोमबार ०८:१६
दैलेख । आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने […]