बाँसघारीमा जुवा खेलिरहेका तीन जना र ३ लाखसहित पक्राउ ।

कर्णाली दृष्टि संवाददाता १५ कार्तिक २०७७, शनिबार १३:३४

जनकपुरधाम । बाँसघारीमा जुवा खेलिरहेका तीन जनालाई महोत्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ७ बस्ने ४० वर्षीय बिनोद कुमार साह, सोही उमेरका सरोज कुमार साह र ३५ वर्षीय सन्तोष कुमार साह छन् ।

जिल्लाको मनरा सिस्वा नगरपालिका ६ स्थित बाँसघारीमा जुवा खेलिरहेका उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश विष्टले जानकारी दिए ।

जुवा खेलिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बलवा र अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्दै नौ थान कौडासमेत बरामद गरेको छ ।

उनीहरुमाथि जुवा मुद्दामा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Next Post

आकाशदीपदान, तुलसी पूजा र कार्तिक स्नान आजबाट शुरु हुँदै ।

१५ कार्तिक २०७७, शनिबार १३:३४
काठमाडौ  । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, […]