पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

कर्णालीदृष्टी संवाददाता २६ फाल्गुन २०७८, बिहीबार ०७:५४

काठमाण्डौ – पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।

बुधवार सिंहदरबारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

छलफलपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो ।

उहाँले नेपाल आयल निगमका जायज मागलाई सम्बोधन गर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् ।

यसका लागि नेपाल आयल निगम पनि धराशायी स्थितिमा पुगेको हुनाले उसको मागहरूको पनि व्यवस्था होस् भन्ने सतितिको ठहर रहर रहेको छ । सकभर मूल्य नियन्त्रण गर्नतर्फ सरकारको ध्यान जाओस् ।’

सभापति श्रीवास्तवले सरकारले उपभोक्तालाई सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध नगराएकोमा पनि आपत्ति जनाउनुभयो ।

Next Post

भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्था रोक्न भिसामा कडाइ

२६ फाल्गुन २०७८, बिहीबार ०७:५४
काठमाण्डौ । गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई रोक्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । खाडी देशहरूमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरू आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि सर्तहरू राखेर कडाइ गरेको गृह […]

सम्बन्धित समाचार