भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्था रोक्न भिसामा कडाइ

कर्णालीदृष्टी संवाददाता २६ फाल्गुन २०७८, बिहीबार ०७:५६

काठमाण्डौ । गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई रोक्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ ।

खाडी देशहरूमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरू आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि सर्तहरू राखेर कडाइ गरेको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजात पूरा भए÷नभएको हेर्ने व्यवस्था राख्न कार्यदलले सिफारिस गरेको छ  ।

सरकारले सर्तहरू राखेपछि संविधान विपरीत र मानव अधिकार विपरीत प्रावधान भएको टिप्पणी भइरहेको छ । तर गृह मन्त्रालयले भने यी सर्तहरू नेपाली नागरिकको सुरक्षाका लागि भएको स्पष्ट पारेको छ ।

बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यदलका संयोजकसमेत रहनुभएका सहसचिव पोखरेलले विभिन्न प्रलोभनमा परेर भिजिट भिसामा खाडी देश जाने र अलपत्र पर्ने गरेको भन्दै कार्यदलले नागरिक सुरक्षाका लागि प्रतिवेदन बनाएको बताउनुभयो ।

उहाँले महिला अधिकारको हनन गरेर भिजिट भिसामा विभिन्न सर्त राखिएको भन्ने कुरा गलत भएको बताउनुभयो ।

सहसचिव पोखरेलले विदेश जाने नेपाली नागरिकलाई अलपत्र नपार्न सीमित प्रावधान बनाउनु राम्रो भएको बताउनुभयो ।

उहाँले सरकार नागरिकप्रतिको दायित्वबाट विमुख हुन नमिल्ने भन्दै वैदेशिक रोजगारीमा जाने महिलाहरूलाई परिवार र आफन्तजनको अनुमतिबाट मात्रै विदेश जान पाउने प्रावधान प्रतिवेदनमा रहेको बताउनुभयो ।

Next Post

दैलेखका २५ कृषक पुरस्कृत

२६ फाल्गुन २०७८, बिहीबार ०७:५६
दैलेख । जिल्ला कृर्षी विकास कार्यालय दैलेखले २५ जना कृषकलाई पुरस्कृत गरेको छ । शरदकालीन आलु उत्पादन गर्ने किसान प्रोत्साहन कार्यक्रम अन्तर्गत जिल्ला भरका २५ जना कृषक पुरस्कृत भएका हुन् । व्यवसायिक रुपमा आलु उत्पादन गर्ने कृषकलाई हौसला तथा थप आलु उत्पादन गर्न प्रोत्साहन स्वरूप उहाँहरूलाई सम्मान गरिएको कृर्षी विकास […]

सम्बन्धित समाचार