दैलेख । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा माओबादी केन्द्रले दैलेखका ११ वटै पालीकामा उम्मेदारको टुंगो लगाएको छ ।
जस अन्र्तरगत नौमुले गाउपालिको अध्यक्षमा छबि सुवेदी, उपाध्यक्षमा चन्द्रा थापा, डुङगेश्वर गाउपालिको अध्यक्षमा दिपक पराजुली, उपाध्यक्षमा कृष्णा शाही (बि.क), गुराँस गाउपालिको अध्यक्षमा कृष्ण पाण्डे र उपाध्यक्षमा कुशुम पाण्डेको नाम टूङ्ग्याएको माओवादी केन्द्र दैलेखले जनाएको छ ।
यस्तै भैरबी गाउपालिको अध्यक्षमा ललिता बिसी रिजाल, उपाध्यक्षमा ऐन ब. कठायत, महावु गाउपालिका अध्यक्षमा जंग बहादूर बराल, उपाध्यक्षमा रुपा रावत, नारायण नगरपालिका नगर प्रमुखमा ललिता रेग्मी उप–प्रमुखमा अजित श्रेष्ठ, ठाटीकाँध गाउपालिको अध्यक्षमा उमेश रावत र उपाध्यक्षमा रुपा बिकउम्मेद्वार बन्नुभएको छ ।
यस्तै चामुण्डा बिन्द्रासैनी नगरपालिको प्रमुखमा रण बहादूर खड्का, उप–प्रमुखमा मञ्जु रावत, दुल्लु नगर पालिकाको प्रमुखमा ढकेन्द्र शाही, उप– प्रमुखमा रुपा कार्की, आठबिस नगरपालीकाको प्रमुखमा लक्ष्मी कमल न्यौपाने, र भगवती माई गाउपालिकाको अध्यक्षमा गणेश थापाको नाम टुङ्गो लगाएको बताईएको छ ।
यस्तै जिल्लाको भगवतीमाई गाउपालीकाको उपाध्यक्ष र आठबिस नगरपालीकाको उप–प्रमुखको उम्मेद्वार भने टुङ्ग्याउन बाकी रहेको प्रेस सेन्टरका केन्द्रीय सदस्य नवीन रिजालले बताउनुभयो ।


