सांसद ठम्मर बिष्टद्धारा माओवादी पार्टी र सांसद पदबाट राजीनामाको घोषणा

कर्णालीदृष्टी संवाददाता २८ फाल्गुन २०७८, शनिबार ०७:४५

सुर्खेत । नेकपा (माओवादी केन्द) बाट कर्णाली प्रदेश सभा सदस्य समेत रहेका ठम्मर विष्टले सांसद पद सहित पार्टीबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

शुक्रबार पार्टीका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) सुर्खेत आएकै दिन सांसद विष्टले पार्टी छोडेको घोषणा गर्नुभएको हो । कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख संचेतक समेत रहेका विष्टले संयोग मिलाए पार्टीमा नबस्ने निर्णय लिएको जानकारी दिनुभयो ।

उहाले भन्नुभयो ‘मैले आजदेखि पार्टी र सांसदपदबाट राजीनामा दिएको छु, तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन् ।’ पार्टी अध्यक्ष सुर्खेतमा आएको बेला किन राजीनामा दिएको भन्ने प्रश्नमा विष्टले भन्नुभयो ‘साईत मिलाएको नि हजुर, कहिले काहीँ यस्तै हुँदो रहेछ ।’

पछिलो समय राजनीतिमा खरो विषयमा आवज उठाउँने र टिप्पणी गर्ने सँगै वौद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छोड्ने घोषणाले पार्टी भित्र कलह निम्ताएको छ ।

यस्तै, कर्णालीमा माओवादी केन्द्रबाट सांसद हुँदा–हुँदै पनि गैर–सांसद छिरिङ डम्डुल लामा (कार्चेन) लाई मन्त्री बनाएको विषयमा उहाले चर्को असन्तुष्टि जनाउनुभएको थियो भने पार्टीले एमसीसी विषयमा गरेको सर्मथन प्रति पनि उहा विरोधमा हुनुहुन्थ्यो ।

Next Post

जुम्लामा दुग्ध उत्पादकलाई ट्याङ्कर अनुदान

२८ फाल्गुन २०७८, शनिबार ०७:४५
जुम्ला । पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाले महिला उद्यमीलाई दूध ट्याङ्कर उपलब्ध गराएको छ। महिला उद्यमीको सहजका लागि पशु अस्पताल तथा सेवा कार्यालयले अनुदानमा दूध ट्याङ्कर उपलब्ध गराएको हो। उक्त कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्याङ्कर उपलब्ध गराएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता […]