जुम्लामा दुग्ध उत्पादकलाई ट्याङ्कर अनुदान

कर्णालीदृष्टी संवाददाता २८ फाल्गुन २०७८, शनिबार ०७:४८

जुम्ला । पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाले महिला उद्यमीलाई दूध ट्याङ्कर उपलब्ध गराएको छ। महिला उद्यमीको सहजका लागि पशु अस्पताल तथा सेवा कार्यालयले अनुदानमा दूध ट्याङ्कर उपलब्ध गराएको हो।

उक्त कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्याङ्कर उपलब्ध गराएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताउनुभयो ।

उहाका अनुसार एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो । प्रमुख महतले दुग्ध ट्याङ्करले दूध उत्पादन बढाउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

३० लाख ६० हजार मूल्यको ट्याङ्कर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो। महतका अनुसार कृषि सामग्री ढुवानी, प्राराकेट शुरु दूध ट्याङ्कर दिइएको हो।

Next Post

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन

२८ फाल्गुन २०७८, शनिबार ०७:४८
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन भएको छ । शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पदाधिकारीको टुङ्गो लगाएको हो । गत मंसिर २१ मा प्रदेश अधिवेशनको पहिलो बैठकबाट अध्यक्षमा विमला केसीलाई चयन गरेको भएपनि अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको थिएन । […]

सम्बन्धित समाचार