पञ्चकोशी क्षेत्र विकास कोष स्थापना गर्न पहल गर्छू :मन्त्री शाही

कर्णालीदृष्टी संवाददाता २९ फाल्गुन २०७८, आईतवार १८:३१

दैलेख । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले दैलेखको पञ्चकोशी क्षेत्रको विकासका लागि पञ्चकोशी क्षेत्र विकास कोष स्थापना गर्न पहल भईरहेको बताउनुभएको छ ।

प्रेस युनियन दैलेखले आइतवार दैलेख सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शाहीले यस्तो बताउनुभएको हो ।

उहाले दैलेख जिल्लाको शान्ति सुरक्षाका हिसावले आवश्यकता परेको स्थानमा अस्थायी प्रहरी चौकी स्थापनाको प्रक्रिया अघि बढेको समेत बताउनुभयो । अर्को प्रसंगमा मन्त्री शाहीले ठाटीकाँध गाउँपालिकाका पहिरो पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

मन्त्री शाहीले लोकतान्त्रीक प्रणालीको न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका र संचार भरपर्दो र विश्वसनियताका खम्बा रहेको उल्लेख गर्नुभयो ।

Next Post

सत्ता गठबन्धन र चुनावी सहकार्य फरक हो :महामन्त्री थापा

२९ फाल्गुन २०७८, आईतवार १८:३१
सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले हाल कायम रहेको सत्ता गठबन्धन र चुनावी तालमेल फरक विषय भएको बताउनुभएको छ । सुर्खेत आएका महामन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै अन्य पार्टीहरुले बाहिर चर्चा जे गरेपनि चुनावबारे निर्णय गर्ने अधिकार काँग्रेसमा निहित रहेको बताउनुभएको हो । अहिलेको आवश्यकतामा यो गठबन्धनले स्थानीय तहको […]