सत्ता गठबन्धन र चुनावी सहकार्य फरक हो :महामन्त्री थापा

कर्णालीदृष्टी संवाददाता २९ फाल्गुन २०७८, आईतवार १८:३३

सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले हाल कायम रहेको सत्ता गठबन्धन र चुनावी तालमेल फरक विषय भएको बताउनुभएको छ ।

सुर्खेत आएका महामन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै अन्य पार्टीहरुले बाहिर चर्चा जे गरेपनि चुनावबारे निर्णय गर्ने अधिकार काँग्रेसमा निहित रहेको बताउनुभएको हो ।

अहिलेको आवश्यकतामा यो गठबन्धनले स्थानीय तहको निर्वाचन गराउने भन्नेमा अलमल छैन र तालमेलसँग यसले कुनै खास अर्थ नराख्ने थापाले उल्लेख गर्नुभयो ।

सबै नेताहरु निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा स्थानीय स्तरमा खटिएकाले उनीहरुको मतका आधारमा एकीन धारणा पार्टीले बनाउने थापाले स्पष्ट पार्नुभयो ।

आगामी बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा केन्द्रीय मुद्दाभन्दा स्थानीय स्तरमा आवश्यक एजेण्डाहरु जनतामाझ लैजाने महामन्त्री थापाले उल्लेख गर्नुभयो ।

Next Post

हुम्लामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच एकता

२९ फाल्गुन २०७८, आईतवार १८:३३
हुम्ला । जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिङ्गो जिल्ला कार्यसमिति र नेकपा माओवादी केन्द्रबीच समायोजना भएको छ । केन्द्रीय नीति नभए पनि जिल्लामा केही समय अघि दुई पार्टीबीच जिल्लास्तरमा समायोजन गर्ने सहमति अनुसार आइतबार घोषणासभा आयोजना गरेर समायोजन भएको हो । जनता […]