गायिका समीक्षा अधिकारीले दिइन् पल शाहविरुद्ध जाहेरी

कर्णालीदृष्टी संवाददाता १२ फाल्गुन २०७८, बिहीबार ०७:००

काठमाडौं । गायिका समीक्षा अधिकारीले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार दिदी र भिनाजुसहित बुधबार प्रहरी कार्यालय पुगेर उनले निवेदन दिएकी हुन् । केहि दिन यता शाह र अधिकारीबीचको सम्बन्धबारे विभिन्न गसीप सामाजिक सञ्जालमा फैलिरहेका थिए ।

सोमबार रातिदेखि दुईवटा अडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेका थिए । एउटा अडियोमा पल र समीक्षा दुवैको आवाज सुनिएको छ । जसमा पलले समीक्षालाई आफूहरूबीच भएको कुरा सामान्य रहेको भनेर बुझाउन खोजिरहेका छन । उक्त अडियोमा अन्य व्यक्तिको आवाज पनि सुनिएको छ ।

यसैगरी अर्को अडियोमा समीक्षाले आफ्नो र पलको भेट हुँदा देखिको घटनाको विवरण सुनाइरहेकी छन । सुरुमा पलले नै आफूलाई प्रेम गर्छु भनेर नजिकिएको र स्वार्थ पूरा भएपछि टाढिन खोजेको समीक्षाको आरोप रहेको छ ।

Next Post

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

१२ फाल्गुन २०७८, बिहीबार ०७:००
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका—४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो । आक्रमण गरेपछि स्थानीयले चिच्याउन थालेपछि बाघ भागेको थियो । आक्रमणमा गम्भीर घाइते भएकी चौधरीको भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको निकुञ्जका प्रमुख […]

सम्बन्धित समाचार