दैलेख । नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य तथा दैलेख, जाजरकोट चुनावी कमाण्ड इन्चार्ज रामदिप आचार्यले माओवादीसँग देश बदल्ने सपना रहेको बताउनुभएको छ ।
शनीबार दैलेख सदरमुकाममा आयोजित पार्टी कार्यकर्तालाई चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आचार्यले माओवादीका कारण मुलुकमा हालका उपलब्धी प्राप्त भएको बताउँदै अन्य पार्टी भन्दा माओवादी केन्द्रसंग देश बदल्ने सपना रहेको बताउनुभएको हो ।
‘हामीले राम्रो देश, परिवार बनाउनु छ, पार्टी भनेको एक मानसिक सञ्जाल हो । आचार्यले भन्नुभयो, ‘धेरै मानिस सँगै मिलेर बस्ने नाम पार्टी भएकाले समाजलाई माओवादीले मात्र अगुवाई गरिरहेको छ ।
देश बदल्ने र कानुन बनाउने माओवादीलाई अपराधी भन्दै प्रचार भैरहेको आरोप लगाउदै उहाले आफूहरु एमाले र कांग्रेसलाई गाली गर्न जन्मेको नभई देशको बिकास र सम्बृद्धीका लागी जनताको मन जितेरे निर्वाचनमा नतिजा हातपार्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कर्ण बहादुर बस्नेतले म भए मात्र चुनाव जितिन्छ भन्ने नभई जनताले इच्छाएको लोकप्रिय उमेदवार बनाउन आवश्यक रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र दैलेखले आउदै गरेको स्थानीय तह निर्बाचनलाई लक्षित गरेर जिल्लाका ११ वटै पालिकामा संगठन सुदृढ र बिस्तार तथा जनपरिचालन अभियानलाई तिर्ब पार्दै गएको छ ।
आगामी निर्वाचनमा जित हात पार्नका लागी यही चैत्र चार गतेदेखि जिल्ला पार्टी कार्यालयमा निरन्तर चुनानी प्रशिक्षण कार्यक्रम गर्दै आएको माओवादी केन्द्र दैलेखले जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा पार्टीका प्रदेश सदस्यहरु, पालीका अध्यक्ष, पदाधिकारीहरु, मनोनित जिल्ला समन्वय समिति सदस्यहरु, निर्वाचन क्षेत्र समिति सदस्यहरु, पालीका वडा सदस्यहरु र जिल्ला पदाधिकारीहरुलाई पशिक्षण दिदै आएको माओवादी केन्द्र दैलेखका संयोजक प्रेम बहादुर कटुवालले बताउनुभयो ।