इङ्ग्लिस प्रिमियर लिग : आजराति लिभरपुल र म्यानचेस्टर युनाइटेड खेल्दै

कर्णालीदृष्टी संवाददाता ६ बैशाख २०७९, मंगलवार ०८:२४

इङ्ग्लिस प्रिमियर लिगमा आजराति म्यानचेस्टर युनाइटेड र लिभरपुल खेल्दैछन् । दुई ठूला क्लबबीचको खेल राति पौने एक बजे एनफिल्डमा हुनेछ ।

लिभरपुल अङ्कतालिकाको दोस्रो स्थानमा छ । उसले ३१ खेलमा ७३ अङ्क जोडेको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलमा ७४ अङ्क छ । लिभरपुल सिटीभन्दा एक अङ्कको दूरीमा छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ३२ खेलमा ५४ अङ्क छ ।

लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले यो खेललाई विश्वकै दुई ठूला क्लबबीचको भिडन्तका रुपमा लिएको बताएका छन् । म्यानचेस्टर प्रशिक्षक राङनिकले लिभरपुलको सामना गर्दा सबैभन्दा ठूलो समस्या आफ्नो टोलीको डिफेन्समा रहेको प्रतिक्रिया दिएका छन् ।

म्यानचेस्टरलाई च्याम्पियन्स लिग छनोटको सम्भावना जीवन्त राख्न लिभरपुलसँगको आजको खेलमा आफू अनुकूल नतिजा निकाल्न आवश्यक छ । लिभरपुल एफए कपको फाइनल र च्याम्पियन्स लिगको सेमिफाइनल पुगिसकेको छ ।

Next Post

जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनैपर्ने

६ बैशाख २०७९, मंगलवार ०८:२४
काठमाण्डौ । सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए । अब रिट खारेजसँग हालका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्नेछ । मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद […]