जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गरिदै

कर्णालीदृष्टी संवाददाता १२ चैत्र २०७८, शनिबार ०८:१६

जाजरकोट । विद्युत प्रसारण लाईन नपुगेका ग्रामिण वस्तीहरुमा तत्काल विद्युतीकरणका पु¥याउने उद्देश्यले जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको छ । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ९० प्रतिशत र बाँकी १० प्रतिशत प्रदेश सरकार र स्थानीयले साझेदारीमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको हो ।

जिल्लाको जुनीचाँदे गाउँपालिका–७, मा जुनी सौर्य मिनिग्रेट ३५ किलोवाट, कुशे–७ स्थित कुशे ठाँटीकोट सौर्य मिनिग्रेट १६० किलोवाट र नलगाड नगरपालिका–८ मा नलगाड मंसिरी सौर्य मिनिग्रेट १८ किलोवाट निर्माण हुने भएको छ । यसभन्दा अगाडि बारेकोट गाउँपालिका–५ मा १७० किलोवाटको सौर्य मिनिग्रेटको काम जारी रहेको छ ।

१६ करोड ८९ लाख ५२ हजार रुपैयाँ लागतमा निर्माण हुने सौर्य मिनिग्रेट मध्यबाट १० प्रतिशत प्रदेश र स्थानीय तहले साझेदारी गर्ने वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक डाक्टर लक्ष्मण प्रसाद घिमिरेले बताउनुभयो ।

जाजरकोटमा भेरी, नलगाड, शिवालय र छेडागाड नगरपालिकाका केही ठाउँमा ११ केभी प्रशारण लाइन पुगेको छ । बारेकोट, जुनीचाँदे गाउँपालिकामा केन्द्रीय विद्युतको प्रशारण लाइन पुग्न सकेको छैन । नलगाड नगरपालिकाको अधिकांश वडामा केन्द्रीय प्रशारण लाइन पुगेको छैन ।

Next Post

भुमिहीन नागरिकको व्यवस्थापनका लागी दैलेखका तीन पालिका र भूमि आयोगबिच सम्झौता

१२ चैत्र २०७८, शनिबार ०८:१६
दैलेख । लामो समयदेखि भूमिहीन बनेका र अव्यवस्थित रूपमा बसोबास गरिरहेका भूमिहीन नागरिकहरूको व्यवस्थापनका लागि दैलेखका तीन नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । लालपुर्जाबिहीन नागरिकहरूको व्यवस्थापनका लागि दैलेखका ११ वटा स्थानीय तहमध्ये तीनवटा तहले आयोगसँग सम्झौता गरेका हुन् । नारायण, दुल्लु र आठबिस नगरपालिका र राष्ट्रिय भूमि आयोगबीच गत मंगलबार […]