महाबुका स्वास्थ्यकर्मी औषधि बोकेर गाउँ, गाउँमा

कर्णाली दृष्टि संवाददाता ४ जेष्ठ २०७८, मंगलवार २१:४५

दैलेख : महाबु गाउँपालिकाका स्वास्थ्यकर्मीहरु कोभिड- १९ को महामारी लाई मध्यनजर गर्दै औषधि उपचार गर्न गाउँ-गाउँमा पुगेका छन् ।

जिल्ला सदरमुकाम दैलेख बजार देखी करिब २१ कि.मि. महाबु गाउँपालिका पर्दछ, भौगोलिक विकटताका कारण र हालसालै बर्षात ह्वात्तै दिनप्रतिदिन बढेपछि, प्रत्येक वडाका रोडहरु पहिरो जाने, भत्किने, रोड बन्द भएका छन्, रोडहरु बन्द भए संगै गाडीहरु पनि बन्द भएपछि स्वास्थ्यकर्मी स्वयम्, आफैले रोड खन्दै, संचालनमा ल्याए।तरपनि कहिँ कतै ठुलै पहिरो गएर गाडी नचले पछि औषधि बोकेर जनतालाई सेवा दिन गाउँ पुगेका हुन ।


कोरोना भाईरसको नयाँ भेरीएन्ट उच्च गतिमा फैलिएको यो महामारीको बेला प्रत्येक वडामा गएर सेवा प्रदान गर्दा स्थानीय बासी निकै खुसि महसुस गरेका छन् । स्थानीय बताउँछन् यो महामारीमा आफ्नो जीवन जोखिममा राखेर हामिलाई बचाउन आउनु भयो भन्दै खुसी ब्याक्त गर्छन् ।

गाउँपालिकाका सम्पुर्ण १देखि, ६ वडा सम्मका टोल बस्तिमा रुघा, खोकी, ज्वरो आउने ,टाउको दुख्ने लगायतका विभिन्न रोगहरुलाई नियन्त्रण गर्न, तपशिलका वडाहरुमा निशुल्क एन्टिजेन्ट, पि.सि.आर परिक्षणको लागी महाबु अस्पतालका डाक्टर शिशिर गिरी र स्वास्थ्य शाखा प्रमुख रमेशकुमार दसौदीले यो सेवा संचालनमा ल्याएका हुन।

उपचारको लागी गाउँपालिकाका सम्पुर्ण १ देखि ६ सम्मका वडाहरुमा पि.सि.आर र एन्टिजेन्ट गरिएको हो । बिरामिहरुको अवस्थालाई चेक गरि पि.सि.आर र एन्टिजेन्ट गरेका थिए, जस मध्य हालसम्म एन्टिजेन्ट प्रबिधिबाट ६५ जना र पि.सि.आर बाट ६३ जनाको स्वाव लिएको छ । उक्त एन्टिजेन्ट बाट चेक गर्दा ६५ जना मध्य ३० जनाको रिपोर्ट पोजेटिभ आएको र पि.सि.आर ६३ जनाको स्वाब संकलन गरि जिल्ला स्वास्थ्य कार्यालय दैलेख पठाएको र रिपोर्ट आउन बाकी रहेको डा. शिशिर गिरीले बताएका छन् ।

Next Post

लमजुङ भुकम्प : ‘भागाभाग भयो, पुराना घरहरु भत्किएको बाहेक थप क्षतिको विवरण आउन बाँकी

४ जेष्ठ २०७८, मंगलवार २१:४५
काठमाडौं :लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए । उनका अनुसार भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा […]