चैत मसान्तभित्र हतियार बुझाउन जाजरकोट प्रशासनको अल्टिमेटम

कर्णालीदृष्टी संवाददाता १३ चैत्र २०७८, आईतवार ०७:३३

जाजरकोट । इजाजतप्राप्त हातहतियार चैत मसान्तभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय जाजरकोटले अल्टिमेटम दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झलक केसीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको बताउनुभयो ।

प्रशासनले एक सूचना जारी गर्दै चैत मसान्तभित्र आफ्नो नजिकको प्रहरी कार्यालय वा प्रशासनमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना जारी गरेको अधिकृत केसीको भनाइ छ ।

निर्धारित समयमै हतियार बुझाएमा हातहतियार प्रहरी कार्यालयमा सुरक्षित ढंगले राखिने र निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित व्यक्तिलाई नै बुझाउने केसीले बताउनुभयो ।

निर्धारित समयभित्र नबुझाएर अटेर गरेमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

Next Post

हुम्लाबाट चार लाख ८० हजार केजी जडिबुटी निकासी

१३ चैत्र २०७८, आईतवार ०७:३३
हुम्ला । गत पुस महिना यता हिमाली जिल्ला हुम्लाबाट चार लाख ८० हजार केजीभन्दा बढी जडिबुटी निकासी भएको छ । जडिबुटी जिल्लावासीको मुख्य आयस्रोत रहेको स्थानीयको भनाई छ । डिभिजन बन कार्यालयका सहायक बन अधिकृत प्रवीण पौडेलकाअनुसार यसवर्ष हुम्लाबाट १३ प्रकारका जडिबुटी निकासी भएका छन् । सबै प्रकारका जडिबुटी गरी […]